चार दल बैठक जारी

काठमाडौँ, ३१ भदौ । प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले  छलफल भइरहेको छ ।

संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम(लोकतान्त्रिक) लाई पुनः प्रक्रियामा ल्याउनेबारे सो छलफल भइरहेको थाहा भएको छ । सो दलले सीमाङ्कन, समाुनपातिक समावेशितालगायत विषयमा असन्तुष्टि राख्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया ।