इलाका प्रहरी कार्यालय मेलम्चीले तीन लाख बढी राजस्व सङ्कलन

मेलम्ची, २९ भदौ । सिन्धुपाल्चोकमा रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले आर्थिक वर्ष २०७१÷७२ मा रु तीन लाख १६ हजार ८०० राजस्व सङ्कलन गरेको छ ।

एक वर्षभरिमा इलाका प्रहरी कार्यालयले राजमार्गको विभिन्न ठाउँमा जाँच गर्दा नियम विपरीत सवारी साधन चलाउने, क्षमताभन्दा बढी भार बोक्ने र बिनाकागजपत्र सवारी साधन चलाउने टिपर, बस, भ्यान, मोटरसाइकललगायतका साधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र थापाका अनुसार यस क्रममा विभिन्न एक हजार ५६ वटा सवारी साधनलाई कारबाही गरिएको छ । पटक–पटक यात्रुबाहक बस, मोटरसाइकल र टिपर चालकलाई राखेर ट्राफिक सचेतना कार्यक्रम समेत गर्दै आएको थापाले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।