नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्तअपिल (वक्तव्यसहित)
कपन अनलाइन
काठमाण्डौ ,चैत ४ ।
नेपालका ख्याँतिप्राप्त अर्थशास्त्रीहरुले देश अहिले गम्भीर आर्थिक, सामाजिकतथा राजनीतिक संकटको संघारमा रहेको भन्दै देश टाट पल्टिनसक्ने जोखिमपूर्ण अवस्थाबाट बचाउनको लागि संयुक्तअपिल गरेका छन् । उनीहरुले नेपालमाविचौलियावर्गले बढी पुँजीनिर्माण र पुँजीको पलायन गरएको संकेत देखिनथालेको पनिनिश्कर्ष निकालेका छन् ।
कल्किजम रिसर्च एण्ड ट्रेनिङले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमाआयोजना गरेको विशेष पत्रकार सम्मेलनमार्फत देशलाई सहीदिलाउनको लागिपनि सेन्टरले अघि सारेको अवधारणालाई सबैले साथ र समर्थन दिए सपना साकार हुने विश्वास दिलाईएको छ ।
पत्रकार सम्मेलनमाप्रा.डा. कुशुमशाक्यले अहिलेको देशको समग्र समस्याको समाधानदिनेगरि आफूहरु अग्रसरभएको सुनाईन् । उनले भनिन्,‘यो हाम्रो एकमुष्ट आवाजहो । तमाम नेपालीहरुको आवाजहो । देशविकास भएन, अब समस्याको समाधानतर्फ हामी जान्छौं । राजनीतिक उद्देश्यले होईन । अर्थशास्त्र ब्याकग्राउण्डबाट छौं । निरीह भएर बस्न मिल्दैन, समाधानको लागि अगाडि आएका छौं ।’
उनले पैसा चलायमानहुँदा नै देशको विकास हुने भन्दै क्यासलेस इकोनोमीको महत्व सुनाईन् । उनले भनिन्,‘पैसा भन्ने कुरा जम्मापार्ने कुरा होईन, पैसा चलायमान हुनुपर्छ । अहिले अघि सारिएको यो अवधारणा यो तीन करोड जनताको लागिहो । लगानीको वातावरण बनाउनुपर्छ । नेपाललाई विश्वमै नमूनाबनाउन सकिन्छ ।’
अर्का अर्थशास्त्री सञ्जय आचार्यले रिसर्च सेन्टरले अघि सारेका कुराहरुमा सकारात्मकपक्ष देखेको बताए । सो क्रममाउनले नगदमाआधारित सामाजिक सुरक्षालाइ सेवामाआधारित बनाउनुपर्ने प्रस्ताव राखे । आधारभूतआवश्यकत्ताशिक्षा, स्वास्थ्य र कानूनी सेवानिःशुल्कबनाउने प्रयास एकदमै सराहनीयभएको भन्दै यसप्रति ठोस कार्यान्वयनगरिने विश्वस दिलाए । भ्रष्टाचार नियन्त्रण गर्नको लागिपनि सेन्टरले अघि सारेको क्यासलेस करेन्टी र स्मार्ट करेन्सीको अवधारणाले ठूलो सहयोग पुग्ने उनको भनाई छ। एनले भने,‘नगदरहितकारोबार प्रमोट गर्नुपर्छ । शहरी क्षेत्रमा त क्यासलेस हुँदै गएको छ । ग्रामिण भेगमा जय साहजीले भनेजस्तो स्मार्टनेस करेन्सी लागु हुनेछ ।’
यस्तै, अर्का अर्थशास्त्री घनश्याम दवाडीले आफ्नै इफोर्टले मुलुकको उत्पादकत्व बढाउने कुरा गरेको भन्दै अघि सारिएको अवधारणा साकार हुने विश्वास दिलाए । उनले नेपालको हकमाभने यसअघि योजनाबनाउँदा विज्ञता नहेरिएको गुनासो पोखे । तर, आफूहरुले निस्वार्थ भावनाले देशको समग्र विकासमा टेवा पुर्याउनको लागिकाम गरेको उनको भनाई छ । सेन्टरले अघि सारेको मुद्दा र इस्यु राम्रो भएकोले सहकार्य गरिएको पनिउनले स्पष्ट पारे ।
कार्यक्रममा अर्थशास्त्री डा. उमाशंकर प्रसादले सेन्टरको उद्देश्य र गरिरहेको कामको बारेमाप्रकाशपारेकाथिए । आफ्नो धारणा राख्ने क्रममा प्रसादले नेपालको अर्थ व्यवस्थाको स्वरुपक्रोनिक क्यापिटलिजम भएको बताए । उनले भने,‘सरकारलाई केहीव्यक्तिले प्रभावितपारेको अवस्था छ । त्यो संरचनाअन्तर्गत सरकारले देश नचलाई, केहीव्यक्तिवा समूहबाट देश चलाउने काम गरेको छ।’
संविधानले समाजवादको यात्रा तय गर्ने भनेको भएपनि नेपालमाअहिले विद्यमान संरचनाक्रोनिक क्यापिटजिलम भएको प्रसादको दाबी छ । उनले भने,‘यसबाट मुलुकलाई सोसियलिजममा रुपान्तरण गर्ने हो । सरकार बलियो बनाउनुपर्छ । त्यसको लागिशतप्रतिशतक्यासलेस भएपछि भ्रष्टाचार यिनन्त्रण हुन्छ । सरकारसँग प्रश्स्तपुँजी हुन्छ । दोस्रो, शिक्षा, स्वास्थ्य, कानूनी सेवानिःशुल्कगर्ने । संरचनात्मकसिफ्ट गरौं ।’
प्रसादले नेपालमाकल्कीवादको नयाँअवधारणा विकास गरिएको त्यसअनुसार कर्मको आधारमाज्यालापाउने कुरा गरिएको सुनाए । उनले भने,‘कर्मलाई उपभोगमा रुपान्तरण गर्नुहुन्छ भने, कामको आधारमाज्यालापाईन्छ, ज्यालाको आधारमा धेरै सामनता हुन्छ । आय र खर्चमा धेरै फरक हुँदैन् । केही वेस्टर्न फिलोसिपीपनिगाभ्नेछौं ।’
कल्किजम रिसर्च सेन्टरका संस्थापकतथा नेपाललाई विश्व गुरू बनाउने परिकल्पनाबोकेका जय साहले आफूहरुले अघि सारेको अवधारणा लागु गर्न सरकार र यसका संयन्त्रहरु सक्रियनभएको आरोप लगाएका छन् । उनले आफूहरुको नयाँ अर्थनीतिकल्कीवादभएको पनि सुनाए । आफूले अघि सारेको अवधारणाले देश टाट पल्टिनबाट बच्ने, प्रत्येक वर्ष २० हजार नेपालीको ज्यानपनिबच्ने, स्वास्थ्य, शिक्षा र कानूनी सेवा सबै नेपालीलाई निःशुल्कगरिने सुनाए ।
प्रेस विज्ञप्ति
नेपालीजनतासँग अर्थशास्त्रीहरूको अपील
नेपालअहिले गम्भीर आर्थिक, सामाजिक र राजनीतिक संकटको संघारमा छ। राष्ट्रको नीतिनिर्माण राष्ट्रिय पुँजीको संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूतिहुने ढंगले गर्न खोजिएपनिविचौलियावर्गले बढी पुँजीनिर्माण र पूँजिको पलायन गराएको संकेतहरू देखिनथालेको छ, जसले गर्दा देश टाट पल्टिन सक्ने जोखिमपूर्ण अवस्थामापुगेको छ। आर्थिक अस्थिरता, बेरोजगारीको वृद्धिद्धर र बढ्दो महँगीजस्ता समस्याहरुले मुलुकलाई थप संकटतर्फ धकेलिरहेको छ । सरकारी नीतिनिर्माण प्रक्रियामापारदर्शीता र दीर्घकालिन सोचको कमीको कारण देशको समग्र आर्थिक वृद्धिमा नकारात्मकप्रभाव परेको छ ।
स्वाश्थ्य क्षेत्रमाप्रभावकारी सरकारी नियन्त्रण नहुँदाहालमुलुकमा एन्टिबायोटिक प्रतिरोध बढ्दै गैरहेको छ जसले उपचार खर्च महंगो र अप्रभाबकारी बन्दै गएको छ । शिक्षा क्षेत्र चरम व्यापारिकरण हुनुका साथै खस्कँदो गुणस्तरले वर्षेनी बढ्दो सँख्यामा नेपालीविद्यार्थीहरू विदेशीविश्वविद्यालयहरूमाअध्ययनकालागिजाने हुनाले वैदेशिक मुद्रामा ठूलो चाप पर्दै गएको छ । शिक्षार स्वास्थ्य सेवामहँगो भएको कारण सामान्य नेपालीनागरिकहरुको आम्दानीले दैनिकआवश्यकत्ताहरु प्ूरा गर्ननिकै गाह«ो बनाईरहेको छ, जसकाकारण नेपालीहरु वैदेशिक रोजगारीमाजानबाध्यभएका छन् ।
यसरी शिक्षा र स्वास्थ्यको खस्कँदो वातावरणसँगै आत्महत्या, हत्या, वायु प्रदूषण, बाढी–पहिरो, दाइजो प्रथा, भ्रुण हत्यालगायतका समस्याले हरेक वर्ष २०–२५ हजार नेपालीको अकाल मृत्य भैरहेको छ । यस्ता सामाजिकतथाआर्थिक समस्याको स्थायी समाधानकालागि हरेक नेपालीलाई निःशुल्क स्वास्थ्य, शिक्षा, तथाकानुनी सेवाउपलब्ध गराउने, र मुलुकलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्तबनाउने नीतिआवश्यक छ।
नेपालको सोह्रौं योजनामा समावेश गरिएको १००% नगदरहितकारोबारलाई पूर्ण रूपमाकार्यान्वयनमाल्याउनुपर्ने समय आइसकेको छ। विशेषगरी, ग्रामीण भेगमानगदरहित प्रणाली लागू गर्न अमेरिकानिवासी, जनकपुरकाउद्यमी जय साहद्वारा प्रस्तावगरिएको स्मार्ट करेन्सी अवधारणालाई कार्यान्वयनगर्नु मुलुकको हितमा छ।
यस आर्थिक क्रान्तिलाई सार्थक बनाउन केहीप्रकाशनहरू पनिभएका छन् । जय साह र डा. उमाशंकर प्रसादद्वारा लेखिएको “नेपाललाई विश्वगुरु बनाउनआर्थिक क्रान्ति“ पुस्तकलाई जतिसक्दो बढी बिक्रीभएमा, यो अवधारणालाई संस्थागतगर्ने सबल आर्थिक नीतिनिर्माणको मार्ग प्रशस्तहुनेछ। पहिलो चरणमा तीनलाखप्रतिविक्रीगर्ने योजनाअनुसार यो बजारमाआइसकेको छ । यस अभियानले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउनुका साथै टाट पल्टिनबाट जोगाउने छ।
अर्थशास्त्रीहरूको संयुक्तअपील
१.डा. उमाशंकर प्रसाद
२.प्रा. डा. कुशुमशाक्य
३.प्रा. डा. सञ्जय आचार्य
४.डा. प्रांशु नेपाल
५ .बैकुण्ठ पाण्डे
६.बासुदेवखनाल
७.घनश्याम दवाडी
८.जीवन प्रसादबञ्जारा
९.प्रमोदप्यारा श्रेष्ठ
१०.श्रीभद्र पण्डित
११ . डा अभिषेक अमर
१२. डा. अभिषेकझा
१३. डा. रोशनीअधिकारी
१४ .जय साह
३० देखि ४० वर्षमा एक करोड भन्दा बढी नेपालीलाई अकाल मृत्युबाट जोगाउन, शिक्षा, स्वास्थ्य, र कानुनी सेवानिःशुल्कगर्ने अभियानमा सहभागीबनौं ।