संविधानमा बालबालिकाको अधिकार सुनिश्चित होस् ः मन्त्री केसी

संविधानमा बालबालिकाको अधिकार सुनिश्चित होस् ः मन्त्री केसी

काठमाडौँ, २९ भदौ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले नयाँ संविधानमा सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल बाल सङ्गठनले ५१औँ राष्ट्रिय बालदिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘पुरस्कार वितरण’ समारोहमा मन्त्री केसीले अहिलेका बालबालिका भनेका भोलिका देश हाँक्ने सच्चा नागरिक भएकाले उनीहरुलाई उचित शिक्षादीक्षा, संस्कार, संस्कृति प्रदान गर्नुपर्ने बताउनुभयो ।

1442299953296_AR-KTM-Mantri KC
उहाँले बालबालिकालाई सिकाउने संस्कार आमाबाबुको मात्र नभएर राज्यको भएको स्पष्ट पार्दै बालबालिकाको क्षेत्रमा आफ्नो मन्त्रालयले गम्भीर भएर लागेको स्पष्ट पार्नुभयो । केसीले भन्नुभयो, “सडकमा भेटिएका बालबालिकालाई घृणाको भावनाले भन्दा मायाको हिसाबले हेर्नुपर्छ ।”

सङ्गठनका अध्यक्ष रीता सिंहले बालअधिकार महासन्धि सन् १९८९ को पक्षराष्ट्र नेपाल भएकाले बाल अधिकारको संरक्षण र बालबालिकाको हितमा लाग्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा चित्रकला, सामूहिक लोकनृत्य, बालगीतलगायतमा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कार वितरण गर्नुका साथै सङ्गठनले केन्द्रीय महिला उच्च माध्यमिक विद्यालयलाई गाडी प्रदान गरेको छ ।

तपाइँको प्रतिक्रिया ।