प्रेम : सुशील आचार्य

प्रेम : सुशील आचार्य

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

आहा तिमी मुस्काई मुस्काई बोली दिदा खेरी
मैले सँझे तिमीलाई बनाउँछु मेरी

पहिलो भेटमै प्रेम बस्यो तिलकुश खाको
घरजम गर्ने कुरा पनी एकै भेटमा भाको

भाग्य हाम्रो कति राम्रो मिलन भईहाल्यो
रमाईला रमाईला कुरा मनमा खेल्न थाल्यो

यो सँसारमा तिमी बाहेक राम्रो कोहि छैन
सत्ते धरोधर्म मैले ढाटेको नी होईन

आउ अब हामी दुईकै घरमा कुरा गरौँ
लौ दाम्पत्य जिवन जिउन पनी अघि सरौँ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।