बुढानीलकण्ठ-५ बाट अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
बुढानीलकण्ठ नगरपालिका वडा नं ५ बाट अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको हो ।
अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारि दिए ।
आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ ।
तपाइँको प्रतिक्रिया ।