कपन बहुमुखी क्याम्पसको १२ औ वार्षिकोत्सव सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन १।
बुढानिलकण्ठ नगरपालिका द्वारा संचालित कपन बहुमुखी क्याम्पस बुढानिलकण्ठ-१० को १२ औ वार्षिकोत्सव सम्पन्न भएको छ।
सो क्याम्पसको भवन कपन ह्यान्डबल मैदानमा भएको सो वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न प्रस्तुतीकरण दिनुका साथै सांस्कृतिक र सांगीतिक कला समेत प्रस्तुत गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र क्याम्पस संचालक समितीका जेष्ठ सदस्य माधव आचार्यको अध्यक्षतामा भएको सो वार्षिकोत्सव कार्यक्रममा क्याम्पसले संचालन गरेका शैक्षिक तथा रचनात्मक गतिविधिहरुका बारेमा जानकारी प्रदान गरिएको क्याम्पस प्रमुख भुमिदत्त पौडेलले बताएका छन।
कपन बहुमुखी क्याम्पसको व्यवस्थापन बुढानिलकण्ठ नगरपालिकाले सम्हालेको डेढ वर्षमा करिव साढे दुई करोड ऋण मुक्त भएर दक्ष तथा अनुभवी अध्यापक सहित दक्ष जनशक्ति सबल विद्यार्थी व्यवस्थापन गर्दै समृद्ध कपन बहुमुखी क्याम्पसको यात्रामा अगाडी बढेको बताउदै प्रमुख पौडेलले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका
क्याम्पसले संचालन गरेको खेलकुद सप्ताहमा भएका विभीन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी पुर्व उपप्रमुख रमा राई, वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई , वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, क्याम्पस संचालक समितीका संस्थापक अध्यक्ष कुमार ओझा सहित विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।