नेसनल प्याबसन बूनपाको एस ई ई मोटिभेसन कार्यक्रम भब्यताको साथ सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन १ ।
आशन्न एस ई ई परीक्षालाई केन्द्रमा राखी नेसनल प्याबसन बूनपाले भब्यताको साथ मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ । ६०० भन्दा बढी विद्यार्थीहरु को उपस्थिति मा आयोजित उक्त कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका का प्रखुख मिठाराम अधिकारी प्रमुख अतिथि , नगर प्रवक्ता नवराज भट्राई विशिष्ट अतिथि , मनाशुलु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा प्रधानाध्यापक राजन श्रेस्ठ लगायत नेसनल प्याबसन केन्द्र, प्रदेश जिल्ला र नगरका प्रधानाध्यापक हरुक बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारी ले विद्यार्थीहरुलाई शुभकामना सहित नगरभित्रका विद्यार्थीहरुले ४ जिपिए लिन सफल भए नगरपालिकाले नै नगद रु २५०००/- दिएर सम्मान गर्ने बताए । नेसनल प्याबसन बूनपा नेसनल प्याबसन सिङो सगठनकै लागि उदाहरण बनेको र नेसनल प्याबसन बूनपाले नै अब नेसनल प्याबसन केन्द्रको पनि नेतृत्व गर्नुपर्ने नगर प्रवक्ता नवराज भट्राईले बताए । नेसनल प्याबसन कै ओझ बढने कार्यक्रमहरु आयोजना गर्दै आएको नेसनल प्याबसन बूनपालाई मनाशुलु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्रलामाले बधाई एवम शुभकामना दिए ।
कार्यक्रममा बोल्दै नेसनल प्याब्सन बूनपाका अध्यक्ष तेन्जिङ भोटियाले नेसनल प्याबसन लाई अब युवा नेतृत्व को आवश्यकता रहेको र नेशनल प्याबसनलाई सहिदिशामा अगाडी बढाउन केन्द्रमा पनि युवा आउनु पर्ने जोड दिए । कार्यक्रम नेसनल प्याबसन बूनपाका सह सचिव सुश्मिता मैनालीले सयोजन गरेका थिए भने सचिव सुदिप काफ्लेले सचालन गरेका थिए ।