माघ २६ गते सनिवार बुढानिलकण्ठमा संयुक्त ल्होसार मनाइने
कपन अनलाइन
काठमाण्डौ ,माघ २४ ।
बुढानिलकण्ठ नगरपालिकाले संयुक्त ल्होसार शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले विभिन्न जातजातिको साँस्कृतिक पर्व (गुरुङ)तमू, (तामाङ)सोनाम, र (शेर्पा/भोटे)ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको हो ।
नगरपालिकाको कार्यलयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सबै समुदायलाई समेटी ल्होसार कार्यक्रम गर्न लागेको नगर उपप्रमुख अनिता लामाले जानकारी दिइन् । माघ १० गते बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरिए बमोजिम ल्होसार कार्यक्रम गर्न लागेको उपप्रमुख लामाले बताएकी छन ।
गएको दुई वर्ष सोनाम ल्होछारमा कार्यक्रम गरिदै आएतापनि यस वर्ष नगरपालिकाले सबै जातजातिलाई समेटी संयुक्त कार्यक्रम गरिन लागेको संयोजक सुमन तामाङले जानकारी दिए । कार्यक्रममा सबै जातिको भाषा, साँस्कृतिको झाँकी, मौलिक प्रस्तुति, साँस्कृतिक खानपान तथा बस्तुहरुको स्टल राखिने संयोजक तामाङले बताए ।
ल्होसार शुभकामना आदनप्रदान कार्यक्रम आगामी माघ २६ गते शनिबार जेष्ठ नागरिक पार्क गोल्फुटारमा गरिने प्रचारप्रसार उपसमितिको संयोजक छोकी शेर्पाले जानकारी दिइन् । कार्यक्रममा नगरभित्र बसोबास गर्ने विभिन्न जातजातिहरुको पहिचाहन, साँस्कृतिक संरक्षण गर्न र जातिय एकताको लागि ल्होसार पर्वको महत्व रहेको समेत संयोजक शेर्पाले बताइन् ।
सो कार्यक्रमको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, नगरका जनप्रतिनीधिहरु, विभिन्न संघसंस्थाका प्रतिनीधिहरु, ल्होसार पर्व मनाउने विभिन्न जातजातिका प्रतिनीधिहरु लगायतको उपस्थिति थियो ।