इन्टरनेशनल अवार्ड २०२५ द्वारा श्रेष्ठ सम्मानित

इन्टरनेशनल अवार्ड २०२५ द्वारा श्रेष्ठ सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

शैली मिडिया नेटवर्क प्रालिको आयोजना दुबईमा एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ दोस्रो संस्करण सम्पन्न भएको छ ।

शैली मिडिया नेटवर्क प्रालिले र यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित कार्यक्रम  शान्ती पाठशालाका संस्थापक प्रधानाध्यापक  देवेन्द्र श्रेष्ठ सहित  विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

इसान कागेश्वरी मनोहरा नगरपालिका समितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठ १७ वर्षको उमेर देखि शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय रहदै १९ वर्ष देखि विधालय संचालकका रुपमा  योगदान पुर्याएका उनि तेक्वान्दो खेलका पुर्व प्रशिक्षक समेत रहेका छन।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसनको उपस्थिति रहेको थियो । उनीसँगै नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाही बिशिस्ट अतिथिका रुपमा सहभागी भएका थिए । उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।

तपाइँको प्रतिक्रिया ।