नेसनल आइडियल बोर्डिंग स्कुल बुढानिलकण्ठ-९ मा शैक्षिक प्रदर्शनी एवं बार्षिक मेला २०८१ हुने
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको नेसनल आइडियल बोर्डिंग स्कुलमा शैक्षिक प्रदर्शनी एवं बार्षिक मेलामा २०८१ हुने भएको छ।
लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको सो विद्यालय /कलेजको आयोजनामा यहि माघ १८ गते सो कार्यक्रम हुन् लागेको प्रधानाध्यापक डी एन महतोले जानकारी दिएका छन।
माघ १८ गत्ते शुक्रबारका दिन शैक्षिक प्रदर्शनी एवं बार्षिक मेलामा विद्यालयमा प्रत्येक कक्षाका विद्यार्थीले समुहगत रुपमा स्टल राखी प्रदर्शनी गर्ने, आफुले शृजना गरेको वस्तुको व्याख्या गर्ने र जज तथा दर्शकको मुल्यांकनको आधारमा विद्यालयले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै सो दिन प्रत्येक कक्षाकोठाको सजावट तथा शैक्षिक सामग्रीको मुल्यांकन गर्ने तथा फुड स्टलहरुबाट मीठा- मीठा परिकारहरुको स्वाद लिदै मनोरञ्जन गर्न पाइने महतोले जानकारी दिएका छन।
आकर्षक खेलहरु खेली मनोरंजन लिन सकिनेसो मेलामा सम्पुर्ण वर्तमान तथा पुर्व अभिभावक,विद्यार्थी, ईष्टमित्र, शुभचिन्तक, छरछिमेक एवं नजिकका विद्यालयको विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको छ।