राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यलाई स्वागत

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यलाई स्वागत

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त दुई जना सदस्यलाई राखेपमा स्वागत गरिएको छ । नवनियुक्त सदस्यहरु रन्जना प्रधान र विदुर ढुंगानालाई सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्नु भएको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आज दुई जनालाई परिषद्को बोर्ड सदस्यमा नियुक्ती गर्नु भएको थियो ।
स्वागत कार्यक्रमा बोर्ड सदस्यहरु कमल बहादुर भट्टराई, भान बहादुर चन्द, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ तथा विभागीय प्रमुखहरुको सहभागिता थियो ।

प्रशिक्षकलाई माईक्रो साईकल डिजाईन वर्कसप
राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकहरुलाई सुष्म प्रशिक्षण विधि सम्वन्धी विशेष प्रशिक्षण प्रदान गरेको छ । लङ ट्रेनिङ प्लान अन्तर्गत हाईलेवल स्पोर्टस सेमिनार र स्किल डेभ्लपमेन्ट प्रशिक्षणमा उत्कृष्ट हुन सफल १३ जना प्रशिक्षकहरुलाई माईक्रो साईकल डिजाईन वर्कसप आयोजना गरिएको हो । ६ दिन सम्म सन्चालन भएको वर्कसपको समापन गर्नु हुदै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रशिक्षणमा सुष्म विधिको प्रयोगले उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परिषद्ले प्रशिक्षकहरुलाई विशेष प्रशिक्षण प्रदान गर्दै जाने पनि जानकारी दिनुभयो ।
प्रशिक्षकहरुलाई सुशिलनरसिंह राणाले प्रशिक्षण विधि र नवराज कडेलले साईकोलोजी सम्वन्धि प्रशिक्षण दिनुभएको तालिम तथा प्रशिक्षण विभागका नायव बरिष्ठ प्रशासकिय अधिकृत सुजन खतिवडाले जानकारी दिनुभएको छ । समापन कार्यक्रम तालिम तथा प्रशिक्षण विभागका निर्देशक तथा कार्यक्रमका संयोजक सोभितराज प्रसाईंको अध्यक्षतामा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।
Close