बुढानीलकण्ठ –२ भङ्गालका थापा पुस २५ गतेदेखि सम्पर्कविहीन, परिवारद्वारा सहयोगको अपिल !

बुढानीलकण्ठ –२ भङ्गालका थापा पुस २५ गतेदेखि सम्पर्कविहीन, परिवारद्वारा सहयोगको अपिल !

कपन अनलाइन

काठमाण्डौ ,माघ १२ ।

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल निवासी ४० वर्षीय पवन थापा गत पुस २५ गतेदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले बताएको छ।गहुँगोरो  वर्णका  ५.५ फिट अग्ला पवन अन्तिम पटक तारेभीर रिसोर्टमा देखिएका थिए ।

कालो र हरियो ज्याकेट तथा खैरो ट्राउजर लगाएका उनी सो रिसोर्टमा स्कुटर पार्क गरेर तलतिर लागेको सीसीटीभी फुटेजमा देखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

परिवारकाअनुसार पवनसँग मोबाइल मात्र रहेको र उक्त मोबाइल अन्तिम पटक तारेभीर क्षेत्रमा पुस २५ गते दिउँसो १ बजेतिर स्वीच अफ भएको थियो ।

उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालयमा अथवा ९८६०९६८२५३, ९८४९१६०३९९, ९८४०४५०२२२ सम्पर्क गरी जानकारी गराउन परिवारले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।
Close