एलरोज एजुकेसनको आयोजनामा बेलपुष्प शिक्षालयमा ABACUS प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको एलरोज एजुकेसनको आयोजनामा बेलपुष्प शिक्षालयमा ABACUS प्रतियोगिता सम्पन्न भएको छ।
ABACUS र BAIDHIK MATH का विभिन्न कोर्सहरुलाई प्राथमिकतामा राखेर कक्षाहरु संचालन गर्दै आएको एलरोज एजुकेसन प्रालिले काठमाण्डौ महानगरपालिका वडा नं ६ सरस्वती नगरमा रहेको बेलपुष्प शिक्षालयमा सो प्रतियोगिता आयोजना गरेको हो।
उक्त प्रतियोगितमा सो विद्यालयका सौगात श्रेष्ठ प्रथम भएका छन भने आर्या श्री मगर दितीय तथा आयुष्मा पौडेलले तृतीय स्थान हासिल गरेका छन।
सो अवसरमा एलरोज एजुकेसनकी निर्देशक लिला पोखरेल, संचालक बिनयराज न्यौपाने र विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मगरको उपस्थितिमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।