मन मन्दिर हो : त्रिलोचन आचार्य (कविता )

मन मन्दिर हो :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

१.बसेका देवताहोलान् अग्लामन्दिरमा भनी
भौँतारिँदै कुद्यो मान्छेयताउताजतापनि
कहाँ छन् देवता टुँगो लागेन खै कसैगरी
तैपनिधाउने कामचलेको छ उसैगरि

२.चुनेर गतिलोमूर्ति राखियो माझमापनि
कल्पनामाकुँदी बुट्टा गरियो झन् सजाउने
उनैकानाममा बेला मौकामागरिँदैब्रत
पूजा गरी बस्यो फेरि अनेक रात जाग्रत

३.तीर्थ धामपुग्यो आफैँ कोशौँ कोश कुदीकन
जप पाठ गरेकैहो ग्रहदशाबुझीकन
ध्यानदान गरेकै हो सकेको दिई दक्षिणा
मान धेरै गरेकै हो देवता सम्झिईकन

४.गरेँ धर्म बडो भन्दै कल्पनामा रमाउँने
सोध्यो पण्डितलाई खै देवता छन् कताभनी?
पाएन रे कतै सच्चादर्शन पाउने जन
स्वर्गलोककहाँहोला?उसको कुद्दथ्योमन

५.हिन्दू मात्रकहाँहो र इसाई अनिमुस्लिम
कल्पनामाकुदेको रे एकत्रित गरी धन
सबैको सारमा निस्क्यो मानेर धर्मको डर
असत्यहो महापाप सत्य हो धर्मको घर

६.कुकर्म नगरी ढुंगा पुजियो देवताभनी
एकाग्रताहुँदाचित्तजाग्यो ब्रह्म स्वयं बनी
ध्यानवाज्ञानको बाटो हिँड्दै भेट्ने त शान्तिहोे
मन मन्दिर होअग्लो अन्यत्र खै कहाँकसो ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

 

तपाइँको प्रतिक्रिया ।