काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीलाई स्थानीय सेवा गौरव पुरस्कार

काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीलाई स्थानीय सेवा गौरव पुरस्कार

कपन अनलाइन
काठमाडौं, पुस १५।

काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीलाई स्थानीय सेवा गौरव पुरस्कार प्रदान गरिएको छ।काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभामा उत्कृस्ट काम सम्पादन गरेका प्रजापतीलाई  उक्त पुरस्कार प्रदान गरिएको थियो।

प्रजापती  संगै वडा नं. ४  का अध्यक्ष दिनेश महर्जन , वडा नं. ६ का अध्यक्ष भु वन लामा, वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. १६ का वडा सदस्य पुष्प महर्जन, वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलाई सम्मानित गरएको थियो  ।

यस्तै वडा नं. ८ का सदस्य राज्यलक्ष्मी भुषाल, वडा नं. १० का सदस्य सुनिता भित्रकोटी, वडा नं. १७ का सदस्य कमला महर्जन र वडा नं. ३१ का सदस्य सान्नानी मिजारलाई साधना प्रधान अग्रणी महिला पुरस्कारबाट सम्मानित गरिएको छ भने वडा नं. ११ का सदस्य सरोजकुमार मुल्मी र वडा नं. २ का सदस्य ईश्वरी परियारलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट सम्मानित गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।