आठ हजार मिटर माथिका १४ हिमालको आरोहण गर्ने दावा याङ्गजुम शेर्पालाई साम्तेनको सम्मान
कपन अनलाइन
काठमाण्डौ,पुस ५।
विश्वमा रहेका आठ हजार माथिका १४ वटा हिमालको सफल आरोहण गर्ने दावा याङ्गजुम शेर्पालाई बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीले सम्मान गरेको छ।
दोलखा जिल्लामा जन्मिएर विश्वका १४ हिमालहरुको सफल आरोहण गर्ने पहिलो महिलाका रुपमा किर्तिमान कायम गरेकी शेर्पालाई विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो।
विधालयका संस्थापक अध्यक्ष निम्तो नवांग शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरास्ट्रीय मान्यता प्राप्त गाइड समेत रहेकी शेर्पालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।शेर्पा चर्चित अन्तरास्ट्रिय ब्राण्डहरु रोलेक्स र नर्थ फेसको ब्रान्ड एम्बेसेडर समेत हुन्।
त्यस्तै सोहि अवसरमा गृष्मकालिन मौसममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट के २ को सफल आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल मिङ्गमा तेन्जी शेर्पालाई पनि सम्मान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।