हिमालयन चेस एकेडेमीले कौशलटारमा पनि ट्रेनिङ गराउने

हिमालयन चेस एकेडेमीले कौशलटारमा पनि ट्रेनिङ गराउने
कपन अनलाइन
काठमाण्डौ,पुस ४ ।

हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नर्स (रिडर्स हव) सँग विहीबार सम्झौता गरेको छ ।
गत चैतमा थापाथलीस्थिमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिशा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो । नियमित प्रशिक्षणको लागि भक्तपुरबाट थापाथली आउजाउ गर्न टाढा पर्नसक्छ । त्यसैले भक्तपुरका बालबालिकाकालाई नजिकै र सहजताका लागि योङ लर्नर्ससँग सहकार्य गर्दै कौशलटारमै प्रशिक्षण दिने व्यवस्था गरिएको हो ।’

योङ लर्नर्सकी संस्थापक वन्दना अर्याल भन्छिन्, ‘हामीले बालबालिकाको व्यक्तित्व विकासको लागि आर्टस्, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका छौं । एउटै स्प्थानमा बालिबालिकाले धेरै कुरा सिक्न पाओस् भनेर हामीले हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेसको प्रशिक्षण थपेका छौं । आफ्ना बालबालिकालाई चेस सिकाउनका लागि धेरै अभिभावक सम्पर्कमा आएका छन् । अब चेसको नियमित प्रशिक्षण सञ्चालन गर्नेछौं ।’
उनका अनुसार पुस १३ गतेदेखि चेस ट्रेनिङ सुरु गरिनेछ । सुरुमा साप्ताहिक रुपमा शनिबार दिउँसो १२ देखि २ बजे ट्रेनिङ सञ्चालन हुनेछ, जसमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागि हुन पाउनेछन् ।
दुवै संस्था गत वर्ष स्थापित भएका हुन् । नेपालको पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूदेवारा स्थापित हिमालयन चेस एकेडेमीका उपत्यकाका १३ विद्यालयमा चेस प्रशिक्षण दिइरहेको छ भने थापाथलीस्थित केन्द्रमा ८० भन्दा बढी खेलाडीले नियमित ट्रेनिङ गरिरहेका छन् । एकेडेमीले प्रतियोगिता व्यवस्थापथन, वर्कसपलगायत चेसका सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।