चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल : सेमिफाइनल फ्रिडम ‘ए’ र ‘बी’ तथा जोरपाटी र बौद्धबीच हुने
फ्रिडम फाइटर क्लब ‘ए’ र ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रिडम ‘ए’ ले हेटौंडालाई ४–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि राजकुमार घिसिङले २ तथा मिलन राई र विकर्ण श्रेष्ठले समान १–१ गोल गरे । हेटौंडाका प्रवीर केसी र रुचनमान सिंहले समान १–१ गोल गरे । फ्रिडम ‘बी’ ले चितवनलाई २–० गोलले हरायो । विजेताका नीलेन्द्र देवानले दुवै गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा जोरपाटी एफसी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।
जोरपाटीले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई पेनाल्टी सुटआउटमा २–० ले पाखा लगायो । निर्धारित समयको खेल २–२ गोलको बराबरी भएको थियो । बौद्धले बीबीसी बनेपालाई २–० गोलले पन्छायो । बौद्धका अमिर लामा र उमेश लामाले १–१ गोल गरे । सेमिफाइनल फ्रिडम ‘ए’ र ‘बी’ तथा जोरपाटी र बौद्धबीच हुनेछ ।