सङ्घीयताका विषयलाई आयोग बनाएर टुङ्गाउनुपर्छःनेपाल

काठमाडौँ, १९ भदौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले विवादित सङ्घीयताका विषयलाई आयोग बनाएर टुङ्गाउनुपर्ने बताउनुभएको छ ।

मदन भण्डारी अध्ययन केन्द्र, नुवाकोटले आयोजना गरेको ‘संविधान निर्माण र चुनौती’ विषयको विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणका सन्दर्भमा उठेका कुरालाई कार्यदलमा छलफल गरी अघि बढाउनुपर्ने र देखिएको विवाद चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले संविधान निर्माण गर्ने कुरामा राष्ट्रिय नेताहरु एउटा जिल्ला र क्षेत्रमा सीमित दृष्टिकोण राख्न नहुने बताउनुभयो । केन्द्रीय सदस्य ठाकुर गैरेले समाजका सबै जाति वर्ग र समुदायलाई समेटेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।