छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा आर्मी टिम च्याम्पियन

छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा आर्मी टिम च्याम्पियन
कपन अनलाइन
काठमाण्डौ,पुस १ ।

नेपाल आर्मी छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा चापागाउँमा भएको प्रतियोगितामा आर्मी ३ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ टिम च्याम्पियन बन्यो ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा आयोजक ३ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको एपीएफले २ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको पुरुषमा एपीएफका अमित महर्जन तथा महिलामा आयोजककी करिष्मा कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार नगद पुरस्कारसंगै अनर मोबाइल पनि हात पारे । मुवाँथाईका ओमकार मगर उदीयमान खेलाडी चुनिए भने साइशन फुल कन्ट्याक्टले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
तीनदिने प्रतियोगितामा ३ विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफ र सातै प्रदेशका क्लबका १ सय ३ पुरुष र ४९ महिला गरी १ सय ५२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रत्येक तौलसमूहका स्वर्ण विजेतालाई ३० हजार, रजतलाई १५ हजार र कांस्यलाई ८÷८ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण विजेतालाई अनर मोबाइल पनि प्रदान गरियो ।

तपाइँको प्रतिक्रिया ।