कपन ह्यान्डबल मैदानबाट प्रधानमन्त्रीको सङ्कल्प “देश बनाउने र सुशासन ल्याएरै छाड्ने”

कपन ह्यान्डबल मैदानबाट  प्रधानमन्त्रीको सङ्कल्प “देश बनाउने र सुशासन ल्याएरै छाड्ने”
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदान उदघाटन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गरेका छन ।

बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २ र ७ नं. वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताएका हुन् ।

“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन । देश अघि बढ्छ ।”, प्रधानमन्त्री ओलीले भने , “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ ।

उनले भने , नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहान्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”

तपाइँको प्रतिक्रिया ।