तेश्रो मेयर रनिङ सिल्डमा एथलेटिक्समा हरिश र भगवतीलाई स्वर्ण

तेश्रो मेयर रनिङ सिल्डमा  एथलेटिक्समा हरिश र भगवतीलाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २०।

हिमरश्मिका हरिशचन्द्र तामाङ र लालीगुराँस नेसनल एकेडेमीकी भगवती खड्काले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । ८ सय मिटर दौडको छात्रमा हरिश र छात्रामा भगवती पहिलो भएका हुन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतिस्पर्धामा हरिशले निर्धारित दूरी २ मिनेट १५.१ सेकेन्डमा पूरा गरे । लालीगुराँसका सुदिप पाण्डे दोश्रो तथा पृथ्वी नारायणका मनोजकुमार सिंह तेश्रो भए । भगवतीले दौड पूरा गर्न २ मिनेट ३५.७ सेकेन्ड समय खर्चिन् । ल्यान्डमार्ककी सगुनी देवकोटा दोश्रो र पृथ्वी नारायणकी सपना पण्डित तेश्रो स्थानमा रहे ।
एथलेटिक्सको पहिलो दिन ६ स्पर्धामा प्रतिस्पर्धा भएकोमा बाँकी ४ स्वर्ण लालीगुराँसले जित्दै स्वर्ण संख्या ५ पु¥यायो । छात्र १ सय मिटर दौड ११.३२ सकेन्डमा पूरा गर्दै लालीगुराँसका सन्तबहादुर दराई पहिलो भए । हिमरश्मिका आशिम सेढाईं दोश्रो तथा श्रृजना ज्ञान सागरका गजेन्द्र अधिकारी तेश्रो बने । सो स्पर्धाको छात्रामा लालीगुराँसकी दिना गोपाली पहिलो बनिन् । दियाले १३.३६ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । कौशलकी सेमेनु लामा दोश्रो तथा एलिगेन्टकी अनुश्का थापा तेश्रो भए ।
तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको छात्र ४ गुणा ४ सय मिटर रिलेमा लालीगुराँस पहिलो, हिमरश्मि दोश्रो र पृथ्वी नारायण तेश्रो भए । उक्त स्पर्धाको छात्रामा लालीगुराँस, हिमरश्मि र ल्यान्डमार्क एकेडेमी क्रमशः शीर्ष तीन स्थानमा रहे ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको छात्र कबड्डीमा साङला बालकुमारी, मानसिंह र नेपाल राष्ट्रियले विजयी सुरुआत गरेका छन् । छात्रमा २७ र छात्रामा १६ टिमको सहभागिता रहेको शरद् दर्शनधारीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।