फोलिड्रम बन्यो लुम्बिनी लायन्सको ‘कन्फिडेन्स पार्टनर’
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
कपालको हेरचाहमा आफ्नो पहिचान बनाएको कम्पनी फोलिड्रम लुम्बिनी लायन्ससँग ‘कन्फिडेन्स पार्टनर’का रूपमा जोडिएको छ ।
मङ्सिर १५ गते शनिवारबाट सुरु भएको नेपाल प्रिमियर लिगका ६ मध्येको एक टिमसँग फोलिड्रमले सहकार्य गरेको हो । फोलिड्रम र लुम्बिनी लायन्सबीच शनिवार बालुवाटारस्थित फोलिड्रमकै कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा फोलिड्रमका सीईओ प्रभात अग्रवाल र लुम्बिनी लायन्सका स्वामित्वकर्ता मध्येका एक करण बस्नेतको उपस्थिति थियो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै फोलिड्रमका सीईओ अग्रवालले भने, ‘हामी कन्फिडेन्स पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ । फोलिड्रमले सबैलाई उनीहरूको उत्कृष्टतामा पुग्नमा सहयोग र सहकार्य गर्ने कुरामा विश्वास गर्छ र यो सहकार्यले पनि हामी दुवै पक्षको उत्कृष्टता सिर्जना गर्छ भन्नेमा म विश्वस्त छु । क्रिकेटको खेलले देश र जनतालाई नै निकट ल्याउँछ भन्नेमा विश्वास गरौँ ।
त्यस्तै लुम्बिनी लायन्सका स्वामित्वकर्ता बस्नेतले पनि सहकार्यप्रति उत्साहित रहेको बताए । उनले भने, ‘फोलिड्रमसँगको यो सहकार्यले हाम्रो आत्मविश्वासलाई सङ्केत गर्नेछ र हाम्रा खेलाडीहरुको हरेक खेलमा ऊर्जा थप्नेछ । हाम्रो साथमा फोलिड्रमलाई पाउँदा निकै उत्साहित छौँ ।’
यो सहकार्यमार्फत दुवै पक्षले फरक फरक किसिमका योजनाहरू पनि रहेको बताएका छन्, जसमा क्रिकेट फ्यानलाई संलग्न गराउनेदेखि विभिन्न अभियानहरू पनि हुनेछन् । फोलिडर्मसंगको यो सहकार्यले आत्मविश्वासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई झल्काउँछ र फोलिडर्मले यसै कुरा झल्काउने नारा “रोर लायन्स, रोर कनफिडेन्स विथ फोलिडर्म” पनि सार्वजनिक गरेको छ ।