किर्तिपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका डा.सुरेन्द्र मानन्धर उम्मेदवार बने…
कपन अनलाइन
काठमाण्डौ ,कात्तिक २२।
नेकपा एमाले बागमती प्रदेस कमिटीले मङ्सिर १६ गते हुने उप निर्वाचनमा किर्तिपुर नगरपालिकामा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।नेकपा एमाले बागमती प्रदेस कमिटी सचिवालय बैठकले मानन्धरलाई नगर प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।
काठमाण्डौ जिल्लाको बामपन्थी राजनीतिमा लामो समय देखि क्रियाशील रहेका मानन्धर विद्यार्थी राजनीति हुदै नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका छन।काठमाण्डौ क्षेत्र नं १० मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत भैसकेका मानन्धरले संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका छन।
विद्यार्थी राजनीति हुदै नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य समेत बनेका नगर प्रमुख उम्मेदवार बनेका डा. मानन्धर सहित कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी उम्मेदवार बनेका छन।
२०४९, २०५४ र २०७४ सालको निर्वाचनमा प्रमुख सहित बहुमत सदस्य जितेको किर्तिपुर नगरपालिकामा नेकपा एमालेले २०७९ सालको स्थानीय तहको निर्वाचनमा लज्जास्पद पराजय बेहोरेको थियो।
आन्तरिक द्वन्द र असमझदारीका कारण बिर्संलायक हार बेहोरेको नेकपा एमालले यस पटक मानन्धरलाई नगर प्रमुख पदको उम्मेदवार बनाउदै निर्वाचन जित्ने गरी तयारी गरिएको जिल्ला कमिटीका एक पदाधिकारीले बताएका छन।