पाँचौंपटक ललितपुरदेखि जनकपुर दौड्दै धावक रामसुन्दर कार्की

पाँचौंपटक ललितपुरदेखि जनकपुर दौड्दै धावक रामसुन्दर कार्की

कपन अनलाइन
काठमाण्डौ , कात्तिक २२।
धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म पाँचौंपटक दौड्ने भएका छन् । ५४ वर्षीय कार्कीले मंसिर १८ गतेदेखि दौड यात्रा सुरु गर्ने छन् । करिब २ सय २५ किलोमिटर दूरी कार्कीले मंसिर २१ गते पूरा गर्ने छन् ।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने  छन् । उनी त्यहीका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए ।
कार्की यसअघि काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।
त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

तपाइँको प्रतिक्रिया ।