बेसबल लिग खेल्ने नेपाली टोलीको बिदाइ
कपन अनलाइन
काठमाण्डौ , कात्तिक २०।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले बिहीबारदेखि संयुक्त अरब इमिरेट्स(युएई) मा हुने अरब क्लासिक बेसबल लिग खेल्ने नेपाली टोलीको बिदाइ गरेकी छन ।
मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रले चुनौती प्रस्तुत गर्ने अरब क्लासिक बेसबल लिग आगामी बिहीबारदेखि नोभेम्बर ११ सम्म युएईको दुबईमा हुँदै छ । निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले टोलीका कप्तान निश्चल केसीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभयो । सो अवसरमा निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले नेपालीहरूले श्रम र पसिना बगाएको मरुभूमिमा देशका खेलाडीको सफलताले उत्साह प्रदान गर्ने उल्लेख गर्दै उँचो प्रदर्शन गर्न शुभकामना दिइन् ।
निश्चल केसीको कप्तानीमा रहेको १५ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्पm जाँदै छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसहित प्यालेस्टाइन, श्रीलंका र साउदी अरेबिया छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्यालेस्टाइनसँग आगामी शुक्रबारदेखि प्रतियोगिताको सुरुआत गर्नेछ ।