प्लाष्टिकका फूल र माला विक्री वितारंमा काठमाडौं महानगरपालिकाको प्रतिबन्ध

प्लाष्टिकका फूल र माला विक्री वितारंमा काठमाडौं महानगरपालिकाको प्रतिबन्ध

कपन अनलाइन
काठमाडौं, कात्तिक ८ ।

काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ।

महानगरले निकालेको सूचनामा ‘काठमाडौं महानगरपालिको आव २०८१ ८२ को वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ’  भनेर उल्लेख गरिएको  छ।

अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीवितण वा प्रयोग भएको पाइ वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने  महानगरले जानकारी  दिएको छ।

तपाइँको प्रतिक्रिया ।