संञ्चारक्रमी संगिताको अभिनयमा दशैं खर्च सार्वजनिक

संञ्चारक्रमी संगिताको अभिनयमा दशैं खर्च सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

दशैंलाई खर्च जुटाउदैँ लोकप्रिय गायक घमेश दुलालको टिम लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दशैं गीत ‘खर्च दशैलाई’ सार्वजनिक भएको छ । गायक दुलालले दशैंमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरी लाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दशैंलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् । गीत तथा भिडियो निकै राम्रो बनेको छ ।

लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल एक समय एक दशक भन्दा बढि नै गुमनाम हुन पुगेका थिए । उनका शुभचिन्तहरुको मनमा लागेको थियो कि अब घमेश दुलालका नयाँ गीत आउने छैनन् भनेर । तर पछि गायक दुलाल फेरि दमदार गीत वनमा खयर लिएर शुभचिन्तहरु माझ फर्किए । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मन मुटुमा बस्न सफल भएको छ ।

उनै गायक दुलालले स्रोता तथा दर्शक माझ फेरि दशैंको कोशेली खर्च दशैलाई लिएर आएका छन् । जसमा स्वर गायक घमेश दुलाल र स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी स्वरकी धनी शारदा रसाइलीको निकै मधुर आवाज रहेको छ । त्यसैगरी गित संगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल गितकार तथा निर्देशक साजन पराजुली जसले लेखेका दर्जन भन्दा बढि गित बजारमा लोकप्रिय छन् ।

छाति चिरी हेर सानु,दुबो झै जिवन,मोनालिसा,साथ छोड्यो छायाँले,दशै आयो जस्ता दर्जनौ गित दर्शकले रुचाएका छन् हो उनै गितकार तथा निर्देशक साजन पराजुली निकै राम्रो शब्द यस गीतमा रहेको छ । गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा अब्बल संगीतकारको रुपमा छवि बनाएका संगीतकार हुन् सुफिक्स मदन ।

संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने सुफिक्सद्वारा संगीत गरिएका गनगन, गगन द्द, सेतो सेतो कमेरो माटो , लाग्छ माया लाग्दैन भन्दिन ,आउँछ झल्को , शखर चिनि ,धानको चामल चामलको कनिका लागायत सयौं गीत बजारमा आएका छन्। जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय बनेको छ । गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युके को रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ ।

गितको सम्पादन रोशन धितालले गरेका हुन् भने गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् । लाउ चेलि सिन्दुर लाउ, हुँदैन सुन पित्तल गालेर जस्ता चर्चित गितमा दमदार अभिनय गरिसकेका मोडल हिराकाजी सेञ्चुरी र सञ्चार क्षेत्रमा निकै लामो समय देखि काम गरिरहेकी सञ्चारकर्मी तथा भर्खरै अभिनय तथा मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी संगिता अधिकारीको निकै राम्रो अभिनय रहेको छ ।

त्यस्तै गितमा भिम बगाले, मनोज केशी लगाएत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेको छ । एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रा लि द्वारा निमार्ण गरिएको उक्त “खर्च दशैंलाई” बोलको गीत गायक घमेश दुलालको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

तपाइँको प्रतिक्रिया ।