प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मनमैजु टिम च्याम्पियन
कपन अनलाइन
काठमाण्डौ ,असोज २।
मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैजु टिम च्याम्पियन बन्यो ।
नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो दोश्रो भयो । गोदावरीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो । तेश्रो स्थानको गोंगबु डोजोले ३ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो ।
पुरुषमा टोखा भैरवका सुजिन तामाङ तथा महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए । पशुपति डोजो अनुशासित टिम ठहरियो ।
विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल वादोरियो कराते डो संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जनाएका छन् ।