प्रथम फेरिल्याण्ड इन्टर स्कुल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगीता सम्पन्न

प्रथम फेरिल्याण्ड इन्टर स्कुल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगीता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

फेरिल्याण्ड स्कुल तथा बुढानिलकण्ठ नगरपालिका वडा न: १०को संयोजकत्वमा ” प्रथम फेरिल्यांड इन्टर स्कुल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगीता सम्पन्न भएको छ ।

बाल दिवसको अबसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रबक्ता नवराज भट्टराई, विशिष्ट अतिथि बढानिलकण्ठ नगर खेलकुद संयोजक एवं ८ वडा अध्यक्ष सुमन तामाङ, काठमाडौ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी ,नेपाल फुटसल हेड कोच गौरव बस्नेत , लोकेन्द्र बहादुर खड्का, खेलकुद बिषय प्राध्यापक त्री.वी सुवाष न्यौपाने, लगायत अन्य अतिथिहरु सहभागी विभिन्न बिधालयका प्रधानध्यापक ,शिक्षक ,समाजसेवि ,अग्रज व्यक्तित्व हरुको उपस्थिति रहेको थियो । फेरिल्याण्ड स्कुलको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा १० विधालयका २५० भन्दा बढी १४ वर्षमुनिका खेलाडी हरुको सहभिगता रहेको थियो  ।

सो  प्रतियोगितामा उत्कृस्ट भएका खेलाडीहरुलाई ट्रफी तथा सर्टिफिकेट प्रदान गरिनुको साथै फेरिल्याण्ड स्कुलले आफ्नो ५ जना रास्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिजेता खेलाडी कृतिका कटुवाल ,युनिका खतिवडा ,अपेक्षा ढुङगाना ,कृपा खपाङी र सुबास भुजेलहरुलाई सम्मान गरेको थियो। आयोजक स्कुल फेरिल्याण्डले प्रथम उपाधि हासिल गर्न सफल भएको थियो भने क्रमश नमोबुद्ध क्लब दोश्रो तथा हेप्पी किड्स तेस्रो भएको थियो ।

तपाइँको प्रतिक्रिया ।