चेस ओलम्पियाड सहभागीता बारे नेपाल बुद्धिचाल महासंघको धारणा, भिसा नपाएका खेलाडी निरास

चेस ओलम्पियाड सहभागीता बारे नेपाल बुद्धिचाल महासंघको धारणा, भिसा नपाएका खेलाडी निरास

कपन अनलाइन

काठमाण्डौ ,असोज  १।

नेपाल बुद्धिचाल महासंघले यूरोपको हंगेरिमा सञ्चालन भइरहेको ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलिले भिसा उपलब्ध नभएका कारण सहभागीता हुन नसकेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्। नेपालमा हंगेरि एम्बेस्सी नभएका कारण जर्मनी एम्बेस्सी मार्फत भिसा प्रक्रिया थालनी गरेका थिए।

विश्व बुद्धिचाल महासंघ फिडेको सदस्य राष्ट्र नेपालले पुरुष र महिला ९ जना खेलाडीको टिम सहित २ क्याप्टेन, १ हेड अफ डेलिगेट, १ फिडे डेलिगेट, १ पत्रकार र ४ चेस खेलकर्मी गरि १८ जनाको टोलिले भिसाका लागि सेप्टेम्बर ४ तारिखमा अन्तर्वार्ता दिएका थिए।

महासचिव धरम बहादुर लामाले प्रेस विज्ञप्ति सुनाउदै भने प्रारम्भमा ओलम्पियाड आयोजक राष्ट्र , विश्व बुद्धिचाल महासंघ फिडे र दिल्ली स्थित हंगेरि एम्बेस्सी सँग समन्वय गरि नेपालमा रहेको जर्मनी एम्बेस्सीमा भिसा एप्लाइ गरेका थियौं । जर्मनी एम्बेस्सीले भिसा दिन अस्वीकार गर्यो र पुन: अपील गरे, चासो देखाएनन्।

सेप्टेम्बर ११ देखि २४ सम्म सञ्चालन हुने चेस स्पर्धामा विश्वका १९७ राष्ट्रलाई सहभागी गराइ रेकर्ड राख्ने लक्ष्यमा रहेको हंगेरि विदेश मन्त्रालयले नेपाललाई दिल्लीको आफ्नो एम्बेस्सीमा भिसा लिन प्रस्ताव गरे। खेलाडी सहित टोलि रातारात दिल्ली पुगे पनि लामो प्रयासका बाबजुद भिसा दिन नमिल्ने जानकारी गराए। नेपाली चेस टोलिको ओलम्पियाडमा सहभागी हुने र पदक जित्ने सपना टुङ्गियो। सबै खेलाडी निरास मुद्रामा नेपाल फर्किए।

नेपाली राष्ट्रिय च्याम्पियन द्वितीय शुश्रुत दहाल भन्छन :

हरेक चेस खेलाडीको एउटै सपना ओलम्पियाडमा सहभागी हुने नै हो । हामी खेलाडीले लामो समय यसका लागि अथक मेहनत र परिश्रम गरेका थियौं। नेपाल राष्ट्रको झण्डामुनि बसेर खेल खेल्ने हाम्रो चाहना अपुरो रह्यो। खेलाडीलाई मात्र भिसा दिन अनुरोध गर्दा पनि यो सम्भव छैन भन्ने जानकारी पाउनु षड्यन्त्र लुकेको गन्ध छ । अनुसन्धान हुनु पर्छ , दोषीलाई कडा भन्दा कडा कार्वाहिको दायरामा ल्याउनु पर्छ भन्ने नै हामी खेलाडीको माग हो।

ओलम्पियाडमा छनौट हुन खेलाडीले जिल्ला छनौट, प्रदेश छनौट, राष्ट्रिय बि छनौट, राष्ट्रिय प्रतियोगितामा तेश्रो स्थान सम्म अटिनु पर्छ। कति समय खर्चेका छौं। हाम्रो परिश्रमको तुलना नै हुन सक्दैन । यसरी एउटा ठूलो मौका प्राप्त हुदा पनि खेलाडी माथि नै षडयन्त्र हुन्छ भने समग्र खेलको बिकास कसरी सम्भव हुन्छ? हामी खेलाडीलाई यो क्षतिको केही न केहि भर्पाई हुनु पर्छ। महासंघले आवश्यक पहल गरोस् ।

पत्रकार सम्मेलनमा अध्यक्ष हेराकाजी महर्जन भन्छन :

नेपाल सरकारले वाषिर्क बजेट ३ लाख छुट्याएको छ ।कसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलिलाई सहभागी गराए भन्ने कसैले जानकारी लिन खोजेनन्। ओलम्पियाडको दुई पाटा छन्। एक खेलाडीको अन्तर्राष्ट्रिय सहभागी र दुई देशमा चेस खेल बिकासका लागि पूर्वाधार तयारी । विश्व बुद्धिचाल महासंघले डेभलपमेन्ट कमिशन मार्फत योजनाको माग गर्छ र त्यो हेड अफ डेलिगेटले प्रस्ताव गरिन्छ।

नेपालले यस पटक हजार विद्यालय सहभागी गरेर थाउजन चेस इन स्कूल प्रोजेक्ट, सुपर जिएम लर्ड बुद्ध कप अन्तर्राष्ट्रिय प्रतियोगिता, रसिया विश्वविद्यालयमा दुई जना खेलाडीलाई बाचेलर इन चेस स्कलरको माग गर्ने योजना तयार गरेका थियौं। याद गर्नुस् नेपालका विवेक थिङ यसै योजनाको उत्पादन हो। विवेकले २३०० सय रेटिङ बनाउदै एफएम बनेका छन्। हाम्रो लक्ष्य प्रथम आईएम शो।

नेपाल बुद्धिचाल महासंघले आज खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन आयोजना गरेर चेस खेलकर्मीका जिज्ञासाहरुलाई स्पष्ट पारेका छन्।

केन्द्रीय सदस्य तथा महिला टिम क्याप्टेन राजु ताम्राकारले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष तारा बहादुर रानाभाट सहित अन्तर्राष्ट्रिय निर्णायकहरु, ४५ औं ओलम्पियाड खेलकालागि छनौट भएका खेलाडीहरु राजन सुवेदी, शश्रुत दहाल, क्षितिज भण्डारी, रुपेश जैसवाल, सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल, रिया श्रेष्ठ सहित पूर्व नेपाल च्याम्पियनहरु, राष्ट्रिय शीर्ष खेलाडी सहित धेरै संख्यामा खेलकर्मीहरुको सहभागीता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।