ज्ञान निकेतन र भ्याली पब्लिक क्वाटरफाइनलमा

ज्ञान निकेतन र भ्याली पब्लिक क्वाटरफाइनलमा

कपन अनलाइन
काठमाडौं, भदौ २९।
ज्ञान निकेतन र भ्याली पब्लिक प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रेडियन्ट रिडर्स एकेडेमीले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा ज्ञान निकेतनले मगसलाई २१–९ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले ९ अंक योगदान गरे । सुनिल पौडेलको १३ अंक सहयोगमा भ्याली पब्लिकले जेम्सलाई २१–६ ले हरायो ।
सानेपास्थित आयोजकको कोर्टमा भएको ब्वाइजकै अन्य प्रतिस्पर्धामा सेन्ट जेभियर्सले मार्भलसलाई २०–९, पुष्पसदनले युलेन्सलाई ११–७, ओएसिस् ‘ए’ ले भद्र घले शिक्षा सदनलाई १०–८ र विल्सन एकेडेमीले नवोदितलाई ८–३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । सेन्ट जेभियर्सका शुभम् सैजुले १५, पुष्पसदनका मनीष गुरुङले ९ र ओएसिस् ‘ए’ का जेसन राणाले ५ अंक जोडे ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, थ्री एक्स थ्री, नेपालका संयोजक शरद विष्टलगायतको उपस्थिति रहेको थियो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ गरी ५० टिम सहभागी छन् ।

तपाइँको प्रतिक्रिया ।