रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाद्वारा पदभार ग्रहण

रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाद्वारा पदभार ग्रहण

कपन अनलाइन
काठमाडौं, भदौ २४।

रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले आज पदभार ग्रहण गरेका छन।

पदभार ग्रहण गर्दै  नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताएका छन।

कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्दै  एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।

कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्नसक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताए  ।

प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोतसाधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।