मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

कपन अनलाइन
काठमाडौं, भदौ २२।

काठमाडौँ महानगरपालिका ३१ मध्यबानेश्‍वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

से ७ प ८५ ६२ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा अछामको चौरपाटी गाउँपालिका ४ घर भई हाल मध्यबानेश्‍वर बस्दै आएका २५ वर्षीय प्रमोद कुँवरलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९ ७५ रहेको उक्त मोटरसाइकल काठमाडौँकै रानीबारीबाट हराएको भनि रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । चोरीमा संलग्न कुँवरमाथी थप अनुसन्धान गर्दा से ७ प ८५ ६२ नम्बरकै अर्को मोटरसाइकल समेत उनिसँग रहेको पाइएपछी खोजी गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल समेत प्रहरीले फेला पारेको थियो ।

अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२ ५३ रहेको खुल्न आएको हो । सोही मोटरसाइकल हराएको भनि काडाघारी बस्दै आएका ओखलढुंगाका उत्तम कुमार पराजुलीले  प्रहरी प्रभाग बालकुमारी ललितपुरमा  खोजतलासको लागि निवेदन दिएका थिए ।

कुँवरलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिएका छन   ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोधगरेका छन  ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।