एचएचसीए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकलाई बास्केटबल उपाधि

 एचएचसीए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकलाई  बास्केटबल उपाधि

कपन अनलाइन
काठमाडौं, भदौ १७।
एचएचसीए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकले आठौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ च्याम्पियन बने ।
सिनियर ब्वाइजको फाइनलमा एचएचसीले ज्ञान निकेतनलाई २१–९ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११–७ ले हरायो ।
बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८–९ ले पाखा लगायो । स्टाफको फाइनलमा गोल्डेनपिकले महामञ्जुश्रीलाई २०–१८ ले पन्छायो ।
सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बागमती प्रदेशका खानेपानी, सिचाईं तथा उर्जा मन्त्री श्यामबहादुर खड्का, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ तथा स्टाफमा ६ टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।