काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने

काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ५।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) आयोजना हुँदैछ। त्यसमा हाम्रो टिम मधेश युनाईटेडले पनि सहभागिता जनाउन पाउँदा हामी उत्साहित छौँ । उक्त लिगलाई मध्यनजर गर्दै हामीले पहिलो विदेशी खेलाडी घोषणा गरेका छौँ ।
काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईेटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । उनी स्पाईकर पोजिसनमा खेल्नेछिन् ।
३५ वर्षिय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । उनको उचाई १८० सेन्टिमिटर छ ।
कालिनोभाले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट  खेल्न उत्साहित रहेको बताईन् ।  ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेश युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’
मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताईन् ।
मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२०  टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन्।
यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् ।पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् ।
तपाइँको प्रतिक्रिया ।