खेलकुद मन्त्री तेजुलाल चौधरीलाई लोयल्टी एकेडेमीको सम्मान

खेलकुद मन्त्री तेजुलाल चौधरीलाई लोयल्टी एकेडेमीको सम्मान

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ९ एकताबस्ती स्थित लोयल्टी एकेडेमीले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सम्मान गरेको छ ।
शैक्षिक सत्र २०८० को कक्षा १२ को वार्षिक परीक्षा उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरुका लागि आयोजना गरिएको दीक्षान्त समारोहमा मन्त्री चौधरीलाई सम्मान गरिएको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीकै प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ९ र १२ का विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु र तिनका अभिभावकहरु तथा शिक्षकवर्ग समेतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि, विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, संस्थापक निर्देशक नन्दा सुब्बालगायत अन्य विशिष्ट अतिथिद्वारा विद्यार्थीहरु तथा अभिभावकहरुलाई टिका, खादा र मायाको चिनो प्रदान गरिएको थियो ।
विद्यालयबाट दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै मन्त्री चौधरीले आँफूलाई यो सम्मानले थप प्रवाभकारी कार्य सम्पादनमा उर्जा मिलेको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिएका थिए  । मन्त्री चौधरीले लोयल्टी एकेडेमीसँग आफ्नो धेरै पुरानो सम्बन्ध भएको अनुभवहरु सुनाउँदै सम्मानका लागि लोयल्टी एकेडेमी प्रति खुशी व्यक्त गरेका थिए  ।
एकेडेमीका संस्थापक अध्यक्ष सम्वाहाम्फेले व्यस्त समयका बाबजुद विद्यालयको निमन्त्रणालाई स्वीकारी कार्यक्रममा उपस्थित हुनु भएकोमा धन्यवाद ज्ञापन गगरेका थिए  । उनले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सफलताका लागि मानिसले लक्ष्य निर्धारण गर्नुपर्छ , गन्तब्य तय नगरी सफलता चुम्न सकिन्न भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना दिदै आफ्ना विद्यार्थीहरुका जीवनका हरेक अफ्ठ्याराहरुमा लोयल्टी एकेडेमी सधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।