बंगलादेशमा चिकित्सा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नशीप गर्न दिइनुपर्ने एशोसिएशनको माग

बंगलादेशमा चिकित्सा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नशीप गर्न दिइनुपर्ने एशोसिएशनको माग

कपन अनलाइन

काठमाण्डौ ,साउन २१ ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशनबंगलादेशले नेपालमै इन्र्टनसीपगर्न पाउनुपर्नेसहितविभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकार्षण गराएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी मागहरु सार्वजनिकगरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै १ वर्षे इन्टर्नसीपगर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै इन्टर्नसीपको व्यवस्था गरेमादक्षयुवाजनशक्तिविदेश पलायनबाट रोक्न सकिने एशोसिएशनको सुझाव छ ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशकामेडिकल कलेजहरुमा नेपालीविद्यार्थीहरु अध्ययनगर्नकानिम्ति मापदण्ड तोकिनु पर्ने, मापदण्डविपरीत रहेकाकलेजहरुलाई कालो सूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कारबाहीगरिनुपर्ने उनीहरुको माग छ ।
साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाकानिम्तिछ महिना इन्र्टनसीपगर्नैपर्ने व्यवस्था संशोधनहुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षान्यायिकएवं व्यवस्थितहुनुपर्ने र परीक्षाको प्रश्नपत्रमाएकरुपताहुनुपर्ने एशोसिएशनको माग छ ।
नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशनबंगलादेशकाअध्यक्ष डा.नवीनयादवले आफूहरुको माग सम्बोधनगर्ने सन्दर्भमा सरकार संवेदनशीलनदेखिए चररणवद्ध आन्दोलनकाकार्यक्रम अगाडि बढाइने बताए । कोटा प्रणालीको विरोधमाबंगलादेशमाभएको आन्दोलनकाकारण आफूहरु नेपालफर्किन बाध्यभएको उनले सुनाए ।
बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारकालागिआफूहरुले यीमागहरु अगाडि सारेको उनले बताए । अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसीपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्र्टनसीपगर्न पाउनुपर्ने मागगर्दै मेडिकल काउन्सिलमाजाँदाअपमानितहुनुपरेको बताए ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापतिएवं प्राइम टाइम्स टेलिभिजनकाअध्यक्षऋषिधमलाले देशको मेडिकल शिक्षाको सन्दर्भमापर्याप्त बहस नै नभएको बताए । यस विषयमा नेपालीपत्रकारिता जगत पनि चुकेको उनको भनाइ छ । लाखौंलाखविद्यार्थी मेडिकल शिक्षा पढ्न जानबाध्यहुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनबंगलादेशले राखेको माग पूरा गर्न सरकारलाई उनले आग्रह गरे । अहिले बंगलादेशमाअध्ययनकालागिगएका नेपालीविद्यार्थीहरु त्यहाँचर्किएको आन्दोलनकाकारण समस्यामा रहेको बताउँदै पत्रकार धमलाले त्यतातिर राज्यको ध्यानजानआवश्यक रहेको बताए ।
‘नेपालीविद्यार्थीहरुले चीन, बंगलादेश, फिलिपिन्सलगायतका देशमा पढेर आउँदा समस्या छ । सरकारले सहयोग नै गर्दैन । मेडिकल काउन्सिलले शर्त दिन्छ । त्यो पूरा गर्न समस्या छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनबंगलादेशले अगाडि सारेको जायज र सान्दर्भिक माग पूरा गराउन सञ्चार जगत लाग्नुपर्छ,’– पत्रकार धमलाले भने ।
त्यस्तै, बंगलादेशमाचिकित्साशिक्षाअध्ययनरत विद्यार्थी स्तुतीकार्कील सरकारले इन्टर्नसीप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताईन् । ‘हामीले उहाँ इन्टर्नसीपगर्दा उतैको औषधीको नाम सिक्नुपर्छ । जुन कुरा यहाँआएर हामीलाई नेपालमाकुनै पनिकामलाग्दैन । हामीले यहाँ नेपालमाआएर नेपालकै औषधीहरुको नामसिक्यौंभने छिटै मेडिकल सिस्टमलाई पनिबुझ्नसक्छौं,’– उनले भनिन् ।
साथै, बंगलादेशमाचर्किरहेको आन्दोलनकाकारण आफूहरुको पढाइ प्रभावितभएको उनले सुनाईन् । अहिले पाँच वटा प्रोफेस्नल परीक्षा र इन्र्टनसीपगर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसीपचाहीँ नेपालबाटै गर्न पाउनुपर्ने उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।