लापसे (लागु पदार्थ सेवन) गरी सवारी साधन चलाउने ६ जना चालकहरू कारबाहीमा

लापसे (लागु पदार्थ सेवन) गरी सवारी साधन चलाउने ६ जना चालकहरू कारबाहीमा

कपन अनलाइन
काठमाडौं, साउन १२।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०६-००१ ज ०१ ७२  नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का २५ वर्षीय अनिक चौधरी, प्रदेश २-०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ का ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ७ का २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँकेको कोहलपुर नगरपालिका २ का ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका भाडा बस चालक तनहुँको म्याग्दी गाउँपालिका १ का ३९ वर्षीय कर्ण बहादुर गुरङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्याङ्कर चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ६ का ४८ वर्षीय रविलाल मानन्धरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङ्गामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ  ।चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले बताए।

त्यस्तै, ललितपुरको इमाडोलमा गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६७ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।

सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्काले जानकारी दिए  ।

तपाइँको प्रतिक्रिया ।