सिंगापुरमा हुने छैठौ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी खेलाडीहरुको विदाई

सिंगापुरमा हुने छैठौ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी खेलाडीहरुको विदाई

कपन अनलाइन
काठमाडौं, साउन १०।
सिंगापुरमा यही जुलाई २७ र २८ गते आयोजना हुने छैठौ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई विधाई गर्नु भएको हो ।
टोलीमा पाँच जना महिला र छ जना पुरुष खेलाडी छन् । टिम प्रशिक्षकमा विशाल थापा रहनु भएको उसु महासंघका महमासचिव नवराज ढुंगानाले जानकारी दिनुभएको छ । विधाई गर्नु हुदै निमित्त सदस्य सचिव धमलाले देशको झण्डा उच्च राख्न खेलाडीहरुले अनुशासित भई खेल्नु पर्नें बताउनुभयो ।
सहभागी खेलाडीहरुमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले र एलिस मार्लीक छन् । यस्तै वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावा छन् ।

तपाइँको प्रतिक्रिया ।