बुढानीलकण्ठ – १३ नौलिन भद्रकाली मन्दिर वरपर सरसफाई सम्पन्न

बुढानीलकण्ठ – १३ नौलिन भद्रकाली मन्दिर वरपर सरसफाई सम्पन्न

कपन अनलाइन
काठमाडौं, साउन ५।

बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का स्थानीय युवा तथा प्रहरी प्रभाग बुढानीलकण्ठ उक्त वडा स्थित नौलिन भद्रकाली मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

वर्षाको मौसममा विभिन्न रोग बच्नका लागि आफ्नो बासस्थान, मठमन्दिर तथा सार्वजनिक स्थानहरुमा सफा राख्ने  उद्धेश्यले जनचेतना सहित सरसफाई गरिएको हो।

बु.न.पा. वडा नं १३ का सरोज श्रेष्ठ र वडा ११ का सुशील अधिकारीको पहलमा विभिन्न वडाका स्थानीय युवाहरुको सहयोगमा मन्दिर वरपर सरसफाई सम्पन्न गरिएको हो।

तपाइँको प्रतिक्रिया ।