वार्षिक योजना तथा कार्यक्रमको पुस्तक तयार : सार्वजनिक गर्दै बुढानिलकण्ठको नगर सभा समापन

वार्षिक योजना तथा कार्यक्रमको पुस्तक तयार : सार्वजनिक गर्दै बुढानिलकण्ठको नगर सभा समापन

कपन अनलाइन
काठमाडौं, साउन ४।

आर्थिक वर्ष २०८१/८२ का योजना तथा कार्यक्रमहरु समावेस गरिएको पुस्तक सार्वजनिक गर्दै बुढानिलकण्ठ नगरपालिकाको नगर सभा समापन भएको छ।

हरेक वर्ष नगर सभा सम्पन्न भएको महिनौ पछि योजना तथा कार्यक्रमहरुको पुस्तक सार्वजनिक हुने परम्परालाई तोड्दै असार ३१ गते नगर सभा समापनका दिन आगामी आर्थिक वर्षमा हुने योजना तथा कार्यक्रमहरुको विवरण सहित पुस्तक सार्वजनिक गरिएको हो।

स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बुढानिलकण्ठ नगरपालिकाले आर्थिक सर्वेक्षण गरिसकेको बताउदै नगर प्रमुख मिठाराम अधिकारीले प्रभावकारी विकास र सुशासनका लागि परम्परा तोड्दै आर्थिक वर्षको शुरुवातमै योजना तथा कार्यक्रम सार्वजनिक गरिएको बताएका छन।

यसले आर्थिक वर्ष सम्पन्न भएको महिनौ पछि मात्र योजना सम्झौता तथा कार्यक्रमहरु हुने समस्या समाधान गर्ने बताउदै नगर प्रमुख अधिकारीले अव आर्थिक वर्षको शुरु मै योजना तथा कार्यक्रम सम्झौताका लागि आव्हान समेत गरिएको जानकारी दिएका छन।

आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार विकास तर्फ बुढानिलकण्ठ नगरपालिकाले १ अर्ब ५१ करोड १७ लाख बजेट बिनियोजन गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न पूर्वाधार विकास तथा आयोजनाहरुको निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ का लागि निम्न शिर्षकमा सो रकम विनियोजन गरिएको हो ।

१. नगरका क्रमागत आयोजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्न : ३९ करोड

२.बहुवर्षीय आयोजनको निरन्तरता : ६० करोड

३.उज्यालो नगर : १ करोड ५० लाख

४.पोल स्थानान्तरण : ५० लाख

५.सौर्य बत्ति महसुल भुक्तानी : १ करोड

६.मेयर सुरक्षित नगर कार्यक्रम : ४ करोड

७.नगरका गौरवका आयोजना डीपीआर निर्माण : ६० लाख

८.सडक ,ढल लगायतका पूर्वाधार मर्मत सम्भार :२ करोड ५० लाख

९.नगर स्तरीय आयोजना कार्यान्वयन : १५ करोड

१०. खानेपानी योजना : ७ करोड

११.बस पार्क निर्माण : ३ करोड

१२.जिप लाइन निर्माण : २ करोड

१३.बुढानिलकण्ठ फुटबल मैदान निर्माण : ५ करोड (वडा नं ४ )

१४.मन्दिर ,धर्मशाला र सामुदायिक भवन मर्मत : ५० लाख

१५.सार्वजनिक जग्गा संरक्षण : १ करोड ५० लाख

१६.फोहोर मैला व्यवस्थापन संरचना निर्माण : १ करोड

१७.पर्यटकीय पद तथा साइकल मार्ग निर्माण : २५ लाख

१८.नगर स्तरीय फल्चा निर्माण : ५० लाख

१९.पशु तथा कृषि भवन निर्माण : १ करोड ६० लाख

२०.इस्कोन पूर्वाधार निर्माण : ७५ लाख

२१.आयोजना कार्यन्वयन ,अनुगमन तथा मुल्यांकन : ९७ लाख ८ हजार

२२ .अत्यावस्यक योजना तथा कार्यक्रम संचालन : ३ करोड

सामाजिक विकास क्षेत्र अन्तर्गत रहेका ति क्षेत्रहरुका लागि आर्थिक वर्ष २०८१/८२ का लागि निम्न बजेट विनियोजन गरेको छ ।

१. शिक्षा ,युवा खेलकुद :८ करोड

२.जन स्वास्थ्य :१२ करोड ३० लाख

३.जनशंख्या तथा सामाजिक समाबेशीकरण /संघ संस्था समन्वय /पंजीकरण : ७२ लाख

४.बाल अधिकार संरक्षण तथा बालबालिका : ४० लाख

५.अपांगता भएका व्यक्तिहरुको संरक्षण :१५ लाख

६.जेष्ठ नागरिक :१५ लाख

७. गैर सरकारी संस्था :१० लाख

८.सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी संचालन :१० लाख

९.विशेष संरक्षण आवश्यक भएका लक्षित वर्ग : ३८ लाख

 

 

तपाइँको प्रतिक्रिया ।