अनिलको स्वरमा “उधारो चुम्बन” सार्वजनिक (भिडियो)

अनिलको स्वरमा “उधारो चुम्बन” सार्वजनिक (भिडियो)

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

गायक अनिल राज पाण्डेको स्वरमा “उधारो चुम्बन” बोलको गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गीतमा गायकले प्रेमिल तरिकाले आफ्नो प्रेमिकालाई फकाउने प्रयास गरेका छन् ।

दिवाकर खनालको शब्दमा बनेको गीतलाई शशी बिक्रम थापाले म्युजिक एरेन्ज गरेका छन् भने संगीत महेश्वर राज भण्डारीको रहेको छ । गीतको भोकल मिक्सिङ शशांक सापकोटाले गरेका छन् ।

निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडिओमा गायक स्वयं अनिल राज पाण्डेसहित मोडल गीता ढुंगानाको अभिनय रहेको छ । म्युजिक भिडिओलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो :

तपाइँको प्रतिक्रिया ।