जिपिए ४ ल्याएका उत्कृस्ट विद्यार्थीहरुको रोजाईमा कुमारी आवासीय माध्यमिक विद्यालय (KEBS College)

जिपिए ४ ल्याएका उत्कृस्ट विद्यार्थीहरुको रोजाईमा कुमारी आवासीय माध्यमिक विद्यालय (KEBS College)

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

काठमाण्डौ महानगरपालिका वडा नं ६ टुसालमा रहेको कुमारी आवासीय माध्यमिक विद्यालय एसईई  परीक्षामा  ४ जिपिए प्राप्त गरेका उत्कृष्ट  विद्यार्थीहरुको रोजाइमा परेको छ।

विगत ३८ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको सो कलेज एसइइ परिक्षामा ४ जिपिए ल्याएका उत्कृष्ट  विद्यार्थीहरुको रोजाइमा परेको हो।

बिज्ञान,कानुन, शिक्षा,मानविकी  र व्यवस्थापन संकायमा कक्षा ११ र १२ संचालन गर्दै आएको सो कलेजमा ४ जिपिए प्राप्त गरेका  एलिशा राउत बिज्ञान र सन्दिप थापा व्यवस्थापन संकायमा भर्ना भएका छन।

सोहि अवसरमा  निशन अन्तर्गतको गोकर्णेश्वर लाइट एकेडेमीबाट एसइइमा ४ जिपिए प्राप्त गरेकी प्रीति पौडेललाई सम्मान समेत गरिएको थियो।  सम्मानित भएकी पौडेलले आफू अन्यत्र भर्ना भएता पनि कुमारी कलेज पनि रोजाईमा रहेको बताउदै सबैलाई एक पटक कलेज अवलोकन गर्नका लागि अनुरोध समेत गरेकी छन

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका विद्यार्थीहरुले कुमारी कलेजको शैक्षिक वातावरण र फरक विशेषताहरुका कारण आफूले  अध्ययनका लागि रोजेको प्रतिक्रिया दिएका छन।

वडा अध्यक्ष छात्रवृति, प्रिन्सिपल अनर छात्रवृत्ति , रास्ट्रिय ,प्रदेश  र स्थानीय तहका खेलाडी छात्रवृत्ति, कला तथा संगीत क्षेत्रका प्रतिभा छात्रवृत्ति,दुर्गम तथा विपन्न क्षेत्रका लागि छात्रवृत्ति,निसान छात्रवृत्ति लगायतका योजनाहरु रहेको सो कलेजमा उत्कृस्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुका लागि पनि विशेष छात्रवृत्ति योजना रहेको प्रिन्सिपल गोविन्द प्रसाद दंगालले जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।