एसइइको औसत जीपीएमा बुढानिलकण्ठका उत्कृस्ट १० विद्यालय , कुन कुन छन ?

एसइइको औसत जीपीएमा बुढानिलकण्ठका उत्कृस्ट १० विद्यालय , कुन कुन छन ?

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको काठमाडौं जिल्लाको SEE परिक्षाको बिष्लेषित नतिजाको आधारमा बुढानिलकण्ठ नगरपालिकामा वडा नं ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन उत्कृस्ट बनेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी औसत जिपिएका आधारमा दोश्रो स्थानमा रहेको छ भने नेसनल ब्लुमिंग फ्लावर एकेडेमी तृतीय स्थानमा रहेको छ।

एस इ इ परिक्षामा प्राप्त गरेको औसत जिपिएका आधारमा वडा नं १० मा रहेको फेरील्याण्ड इन्टरनेसनल एकेडेमी चौथो स्थानमा रहेको छ भने वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालय पनि समान औसत जिपिए सहित चौथो स्थानमा रहेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको बुढानिलकण्ठ स्कुल पाचौ र वडा नं १० मा रहेको जोसेफ मावि छैटौ स्थानमा रहेको छ। त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको बेद ब्यास विद्याश्रम बोर्डिङ्ग स्कुल सातौ र वडा नं १० मा रहेको रिलायन्स पाब्लिक स्कुल सातौ  र वडा नं ४ मा रहेको थ्री स्टार एकेडेमी आठौ , वडा नं १२ मा रहेको घटराज मेमोरियल स्कुल  तथा वडा नं १० मा रहेको रिलायन्स कोएड नवौ  स्थानमा रहेका छन । यसैगरी युरो स्कुल दशौ  र पिक पोइन्ट एकेडेमी तथा नेसनल युनाइटेड स्कुल ११ औ  स्थानमा रहेका छन।

कुन विद्यालयको कति औसत जिपिए ?     

१. दिक्षालय नेपाल फाउन्डेसन : ३.८३

२. रिलायन्स इन्टरनेसनल एकेडेमी : ३.७६

३.नेसनल ब्लुमिंग फ्लावर एकेडेमी :३.७२

४.फेरील्याण्ड इन्टरनेसनल  एकेडेमी : ३.७१

५. काठमाण्डौ विद्यालय : ३.७१

६.बुढानिलकण्ठ स्कुल : ३.६९

७.जोसेफ मावि :३.६८

८.बेदब्यास विद्याश्रम बोर्डिङ्ग स्कुल :३.६५

९.रिलायन्स पाब्लिक स्कुल : ३.६५

१०. थ्री स्टार एकेडेमी : ३.६०

१०.घटराज मेमोरियल स्कुल :३.५८

११. रिलायन्स कोएड स्कुल :३.५८

१२.युरो स्कुल : ३.५५

१३. पिक पोइन्ट एकेडेमी :३.५४

१४. नेसनल युनाइटेड स्कुल : ३.५४

तपाइँको प्रतिक्रिया ।