जोसेफ स्कुलको एसईई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट यस बर्षको एसईई परीक्षामा ६ जनाले जिपिए–४ सहित उत्कृष्ट नतिजा प्राप्त गरेको उपलक्ष्यमा उत्तिर्ण बिध्यार्थी तथा अभिभावकको सम्मानार्थआषाढ २२ गते शनिबार प्रतिनिधि सभाका सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भारको छ।
कार्यक्रममा बरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, नेपाल कुरियर संघका अध्यक्ष दुर्गा सुवेदी, पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवास जोशी, बुढानिलकण्ठ नगरपालिकाका शिक्षा प्रमुख तथा उप–सचिव ललित विक्रम सिंह, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष बुद्धि गम्भिर थापा, सरस्वतीनगर सुधार संघका अध्यक्ष पेशल पहाडी, सज्जन महिला सहकारी संस्थाकी व्यवस्थापक नगिना सिंह भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य पुण्यलोचन आचार्य, समाजसेवी योगेन्द्र ढकाल तथा दिलेन्द्र ढकाल, एचटिभि खबरका प्रमुख सबिन पन्त, बरिष्ठ गायिका तथा जोसेफ स्कुलकी संगीत शिक्षिका कुन्ती मोक्तान, महिला समुहका अध्यक्षहरु, विद्यालयका प्राचार्य, सहायक प्राचार्य, ईन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु, एस ई ई उर्तिर्ण १२४ जना बिध्यार्थीहरु, १२४ जना अभिभावकज्युहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय रामहरि खतिवडाले जोसेफ स्कुलले बिगतका बर्षहरुभन्दा यस वर्ष विद्यालय र विद्यार्थीहरुको मेहेनत र परिश्रमबाट ६ जना जिपिए ४ सहित नेपालमै उत्कृष्ट नतिजा प्राप्त गरेको र यस बिध्यालयमा अध्ययनरत बिध्यार्थीहरु पढाई संगै ब्याबहारिक ज्ञानमा पनि उत्तिकै उत्कृष्ट रहेको कुरा बताउदै उत्तीर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै अभिभावक तथा विद्यालय परिवारलाई बधाई ज्ञापन गरेका थिए ।
बरिष्ठ पत्रकार तथा कार्यक्रमका विशेष अतिथि पुरुषोत्तम दाहालले जोसेफ स्कुलका बिध्यार्थीहरु पढाईका साथसाथै कला र साहित्यमा उत्तिकै अब्बल रहेको कुरा बताएका थिए ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा न १२ का अध्यक्ष शम्भु भट्टराईले २७ बर्ष अघिदेखिनै जोसेफ स्कुलले सर्ब शुलभ शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने यो क्षेत्रकै उत्कृष्ट विद्यालय बन्न सफल भएको कुरा बताएका थिए ।
उत्तिर्ण बिध्यार्थी र अभिभाबकज्युहरुलाई शुभकामना दिदै जोसेफ स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भयो । कार्यक्रम जोसेफ एडुकेशनल नेटवर्कका प्राचार्य सुर्य बहादुर अधिकारीले जोसेफ स्कुलबाट २७ वर्षपछि उत्कृष्ट नतिजा प्राप्त भएकोमा बधाई तथा शुभकामना सहित जोसेफ स्कुलबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च तहमा स्थापित हुन सफल भएको कुरा बताएका थिए।
उक्त कार्यक्रममा जोसेफ स्कुलबाट एसईई उत्तीर्ण विद्यार्थीहरु अनुपा थापा, आरुषि गौतम र रक्षिका अधिकारीले विद्यालयमा प्राप्त गरेको अनुभव र उपलब्धी सम्बन्धमा आफ्नो विचार राखेका थिए । एसईई उत्तीर्ण विद्यार्थी सपना थापा तथा अन्य बिध्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरि कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा एसईई उत्तीर्ण १२४ विद्यार्थीहरु, अभिभावकहरु र विद्यालयका शिक्षक कर्मचारीहरुलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरुले सम्मान गरेका थिए । कार्यक्रम जोसेफ एडुकेशनल नेटवर्कका संस्थापक प्राचार्य सुर्यबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया ।