जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

कपन अनलाइन

काठमाण्डौ,असार २१।

जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।
राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई ११–८ को स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो ।
जाउलाखेलले उपाधिसँगै १५ हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँमा चित्त   बुझायो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा जाउलाखेलले विइनलाई १८–२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा डब्ल्युएसएले बीआईएलाई १२–६ को स्कोरमा पराजित गर्दै जाउलाखेलसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विइनलाई ४–० को स्कोरमा पराजित गर्दै बीआईएले पाँच हजार रुपैयाँ पायो । प्रतियोगितामा टप स्कोरर डब्ल्युएसएकी ज्योति अर्याल घोषित भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । मोस्ट भ्यालुएबल प्लेयर जाउलाखेलकी बबिता थापा चुनिइन् । उनीहरूले समान एक हजार रुपैयाँ र ट्रफी हात पारे ।
प्रतियोगिता समापन समारोहमा काठमाडौं महानगरपालिका ३० का वडाअध्यक्ष दलबहादुर कार्की, ग्यालेक्सी स्कुलकी प्रधानाध्यापक सुरिना गुरुङ, राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचर्यालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका ३० ले विषेश सहयोग गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।