टाइम आउटलाई लोयल्टी कप एसइइ थ्री एक्स थ्री छात्र बास्केटबलको उपाधि

टाइम आउटलाई लोयल्टी कप एसइइ थ्री एक्स थ्री छात्र बास्केटबलको उपाधि

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

टाइम आउट नेपालले लोयल्टी कप एसइइ थ्री एक्स थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको कोर्टमा भएको रोमाञ्चक फाइनलमा टाइम आउटले मनास्लुलाई १८–१७ ले पराजित ग¥यो । विजयी टिमका लागि आशिष थापा मगरले १०, लक्की महर्जनले ४, साइरस थापा मगरले ३ र अनिशसिंह धामीले १ स्कोर गरे । उपाधिसंगै टाइम आउटले २० हजार तथा मनास्लुले १० हजार नगद पुरस्कार पाए ।
त्यसअघि टाइम आउटले शनिबारै भएको क्वाटरफाइनलमा एन्ड वान तथा सेमिफाइनलमा सेल्फ मेडलाई हराएको थियो । टाइम आउटका आशिष ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, निर्देशक नन्दा सुब्बा, प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।