सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल : किङडमको दुवै टोली क्वाटरफाइनलमा

सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल : किङडमको दुवै टोली क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार ६।

किङडमको ब्वाइज/गर्ल्स दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिनियर गल्र्समा किङडमले न्युटनलाई २३–१३ ले पराजित ग¥यो । किङडमको जितमा दावा तामाङले ९ अंक योगदान गरिन् । जुनियर ब्वाइजमा लोप्साङ लामाको ८ अंक सहयोगमा किङडमले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३४–२२ ले हरायो ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा टीआईए र ग्रिनल्यान्ड क्वाटरफाइनलमा पुगे । टीआईएले लालीगुराँस नेसनल एकेडेमीलाई १५–७ ले पराजित ग¥यो । टीआईएकी अन्जली शाहीले ५ स्कोर गरिन् । ग्रिनल्यान्डले ल्यान्डमार्कलाई १४–९ ले पन्छायो । विजेताकी बिहानी राईले ६ अंक जोडिन् ।
जुनियर ब्वाइजमा जीवन ज्योतिले फ्लोरोसेन्टलाई १७–१० तथा गोल्डेनपिकले जेबी स्कुललाई २३–१५ ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे । जीवन ज्योतिका साराङ गुरुङले ५ तथा गोल्डेनपिकका संस्कार पाठकले ११ अंक जोडे । जुनियर ब्वाइजकै लिगमा ग्रिनल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १७–१० ले पन्छायो । ग्रिनल्यान्डका विश्वास केसीले ८ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।